सुदूरपश्चिम एमालेका संसदीय दलमा  रावल चयन

काठमाडाैं | पुस १६, २०७९

सुदूरपश्चिम एमालेका संसदीय दलमा  रावल चयन फाइल तस्बिर

धनगढी:  नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतामा राजेन्द्रसिंह रावल सर्वसम्मतले चयन हुनुभएको छ। शनिबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले उहाँलाई सर्वसम्मत दलको नेता चयन गरेको हो। रावल कञ्चनपुरबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो।


 एमाले पोलिटब्युरो सदस्य समेत रहनुभएका रावल तत्कालीन जिल्ला विकास समिति कञ्चनपुरका (२०५४)उपसभापति समेत हुनुहुन्छ। यसैगरी, उपनेतामा सन्तोष शर्मा थापा (छाया)  चयन हुनुभएको छ। उहाँ कैलालीबाट समानुपातिक प्रदेश सभा सदस्य छानिनुभएको हो। थापा नेकपा (एमाले)को केन्द्रीय सदस्य हुनुहुन्छ।


एमालले स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको उपस्थितिमा उहाँकै निवास अत्तरियामा भएको बैठकले प्रमुख सचेतक र सचेतकपछि तोक्ने निर्णय गरेको सो पार्टीका प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिनुभयो। 


प्रदेश सभामा नेकपा (एमाले) का १० प्रदेश सभा सदस्य छन्। नेकपा (माओवादी केन्द्र) ले पनि आजै दलको नेता चयन गर्ने बताइएको छ। सो पार्टीका प्रदेश सभामा ११ जना सदस्य छन्।


यसअघि नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) ले दलको नेता छानिसकेका छन्। प्रदेशको ठूलो दल नेपाली कांग्रेसले भने सो पार्टीका प्रदेश सभापति वीरबहादुर बलायर धनगढी पुगेपछि  दलको नेता छान्ने बताइएको छ। प्रतिनिधि सभाका सदस्य बलायर काठमाडौंमा हुनुहुन्छ।

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्